दफा
स्वशासित र संगठित संस्था हुने
: (१) ट्रेड यूनियन अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) ट्रेड यूनियनको काम कारवाहीको निमित्त आफनो एउटा छुट्टै छाप हुनेछ ।
(३) ट्रेड यूनियनले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) ट्रेड यूनियनले व्यक्ति सरह आफनो नामबाट नालिस उजूर गर्न र ट्रेड यूनियन उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।